२०७९ मङ्सिर ६ गते मङ्गलवार
२०७९ मङ्सिर ६ गते मङ्गलवार

शान्तिनगर १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उदघाटन

शान्तिनगर गाउँपालिका वडा नं. १ मा निर्माण भएको आधारभूत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ ।

आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो ।

आधारभूत स्वास्थ्य सेवा केन्द निर्माणका लागि अमर बहादुर सार्की तथा नन्दकुमारी नेपालीले २ कठ्ठा जग्गा दान गर्नुभएको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द निर्माणका भएपछि स्वास्थ्य सेवाबाट बञ्चित १ नं. वडाबासीले स्वास्थ्य सेवा लिन सहज हुने भएको छ ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशाकसकीय अधिकृत रेमन्त वहादुर डाँगी, वडा अध्यक्ष जंग वहादुर पुन, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी पुनलगायतको सहभागीता रहेको थियो ।