२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

अखिल नेपाल क्रान्तिकारी महिला संघ गठन

शान्तिनगर गाउँपालिका वडा नं. ५ मा रिता बटालाको अध्यक्षतामा १७ सदस्यी अखिल नेपाल क्रान्तिकारी महिला संघ गठन गरिएको छ ।

आज एक कार्यक्रमका विच नेकपा माओबादी केन्द्रको जनवर्गिय संठन अन्तर्गत अखिल नेपाल क्रान्तिकारी महिला संघ गठन गरिएको हो । जसको उपाध्यक्षमा सम्झना चौधरी, सचिवमा शोभा परियार, सहसचिवमा प्रतिमा चौधरी, कोषाध्यक्षमा विमला खड्को चयन भएका छन् ।

रिता बटलाको अध्यक्षता एवम् नेकपा माओबादी केन्द्र दाङ जिल्ला सदस्य राधिका परियारको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गाउँपालिका सचिव गोविन्द भण्डारी, वडा इञ्चार्ज तोरणसिं ठाडा मगर, पार्टी वडा अध्यक्ष शिवराज चौधरी, सह इञ्चार्ज फत्ते वहादुर खडका, ६ नं. पार्टि वडा अध्यक्ष तेज वहादुर केसी लगायत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजिकरण लक्ष्मणप्यारी चौधरीले गरेकी थिइन् ।
सो कार्यक्रममा करिब ४० जना महिलाको सहभागिता रहेको थियो ।