२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

शिवरात्रीमा दाङका शिवालयमा भिडभाड, पुरन्धारामा टिका सानुको प्रस्तुती

तस्वीरः झुपु क्षेत्री

महाशिव रात्री पर्व आज शिवालय मन्दिरमा पुजाआजा गरी मनाइएको छ । महाशिव रात्रीको अवसरमा दाङका विभिन्न शिवालयमा भक्तजनको भिडभाड रहेको थियो । पुजाआजा गर्न आउने हजारौ भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । बबई ६ चिसापानी स्थित शिव मन्दिरमा पनि भक्तजनको भिडभाड रहेको थियो । पुजाआजा गर्न आउने दर्शकको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।

धारापानी शिावालय तुलसीपुरको सितलपुर शिवालय, धनौरीको शिवालय, सुण्डबरीको शिवालय, ढोलपुर शिवालय लगायत विभिन्न शिवालयमा भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै महाशिवरात्रीको अवसरमा पश्चिमदाङको पर्यटकिय स्थल पुरन्धारा छहरामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक बर्ष महाशिव रात्रीको अवसर पर्यटकिय स्थल पुरन्धारा छहरामा सांस्कृतिक कार्यक्रम हुदै आएको छ । आजको सास्कृतिक कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । सास्कृतिक कार्यक्रममा चर्चित गायिका टिका सानुले दर्शकलाई भरपुर मनोरञ्जन दिएकी थिइन् । चर्चित गायिका टिका सानुको प्रस्तुती हेर्न आउने दर्शक घुइचो लागेको आयोजकले जनाएको छ ।