२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

स्रोत नखुलेको ४२ लाखसहित एक पक्राउ

फाइल तस्वीर ।

प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त भक्तपुर थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा बिहीबार दोलखाका एक जनालाई पक्राउ गरेको हो।

दोलखा घर भए पनि हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट स्रोत नखुलेको रकम बरामद गरेको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख बरामद भएको हो।

साथै उनको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको प्रहरीको भनाइ छ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ।