२०७९ मङ्सिर ७ गते बुधवार
२०७९ मङ्सिर ७ गते बुधवार

कृषकलाई कुखुराको चल्ला वितरण

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराही दाङले कृषकहरुलाई कुखुराको चल्ला वितरण गरेको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराही दाङले बबई गाउँपालिका वडा नं. ७ झारजगेरी स्थित परिबर्तनशिल कृषक समूहका ३० जना कृषकलाई ५० का दरले १५ सय कुखुराको चल्ला वितरण गरेको हो ।

सेवा विज्ञ केन्द्र घोराही दाङका प्रमुख डाक्टर बेद बहादुर के.सी.ले किसानलाई कुखुराको चल्ला वितरण गर्नुभएको थियो । पिछडिएका बर्ग, गरिब ,कमैया, कम्लहरी कृषकलाई कुखुराको चल्ला वितरण गरिएको प्रमुख के.सी.ले बताउनुभयो ।