सांकेतिक तस्वीर ।
सल्यानमा आफ्नै भाइबाट दिदी बलात्कृत भएकी छन् ।
बनगाड कुपिन्डे नगरपालिकाका एक १३ वर्षिय किशोरले १६ वर्षिया दिदिलाई बलात्कार गरेको सल्यान प्रहरीले जनाएको छ । पीडित र पिडक सहोदर दिदिभाइ हुन् ।
जिप्रका सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार भाइबाट बलात्कृत दिदी गर्भवती भएकी छन् । छोरीको गर्भ रहेको ८ महिनापछि घरपरिवारले थाहा पाएर सोधखोज गर्दा ती किशोरीले गत साउनमा एउटै कोठामा सुतेको बेला बलात्कार गरेको बताएपछि प्रहरीलाई खबर गरिएको थियोे ।
प्रहरीले बलात्कार आरोपित किशोरलाई २६ फागुनमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक वलीका अनुसार आरोपित किशोरीले आफुले बलात्कार गरेको साबित बयान दिएका छन ।
किशोर र किशोरीमा चेतनास्तर कम भएकाले घटना भएको प्रारम्भिक अनुसन्धान भएको प्रहरीले जनाएको छ ।