२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा रूखमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला

प्रतीकात्मक तस्वीर ।

दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति ९ बजेतिर सीताको शव झुण्डिएको अवस्थामा फेला परेपछि घर परिवारले प्रहरीमा खबर गरेका थिए।

सीताको बुवा मञ्जिल विक रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको खुल्न आएको छ।

बेलुका ८ बजेतिर खाना खान समय भइसक्दा पनि सीता कतै नदेखिएपछि उनको खोजी घर परिवारले सुरू गरेको थियो।

घटनाबारे थप अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले बताएको छ।

विक गाउँकै सरकारी विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन्।