गेरुवा गाउँपालिका–१, वनखेतस्थित बेसवार छाउनी सामुदायिक वनबाट निस्केको बाघले आक्रमण गर्दा स्थानीय किसान घाइते भएका छन् । गोरु चराउन गएका ३५ वर्षीय सरोज कार्कीलाई बाघले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार बिहीबार बेलुकी गोरु लिई फर्कने क्रममा कार्कीलाई बाघले आक्रमण गरेको हो । उनको दुवै हात र डाढमा चोट लागेको छ ।
कार्कीको प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा उपचार भई रहेको छ । उनको अवस्थामा सामान्य रहेको डीएसपी शाहीले जनाए । स्थानीय प्रशासनले मध्यवर्ती क्षेत्र र आसपासका जंगलमा घाँस–दाउरा र चरिचरनमा नजान सूचना जारी गरेकै दिन बाघले आक्रमण गरेको हो । बाघले मानिसलाई पटकपटक आक्रमण गरेपछि थप अध्ययन गर्न विज्ञ टोली बर्दिया निकुञ्ज आउने भएको छ ।