२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बाँकेमा दुलही बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते

बाँकेको राप्ती सोनारी गाउँपालिका ३ बैंसामा बस दुर्घटना भएको छ।

ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार बस राप्ती सोनारीबाटै दाङको देउखुरी दुलही पुर्‍याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।