२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

जेष्ठ नागरीकलाई घर–घरमा निःशुल्क स्वास्थ्य जाँच

हापुरेमा रहेको मातामनकामना पोलिक्लिनिक प्रालिले घर–घरमा गएर जेष्ठ नागरीकलाई स्वास्थ्य चेकजाँच गरेको छ ।

आज विहान बबई गाउँपालिका वडा नं. ५ खयरभट्टीको गाउँमा गएर जेष्ठ नागरीकलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको मातामनकामना प्रालिले जनाएको छ ।

मातामनकामना पोलिक्लिनिकका डाक्टर राजिव झाले खयरभट्टीका २२ जना जेष्ठ नागरीकको स्वास्थ्य चेकजाँच गरेका हुन् ।