२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

ढुक्क भएर व्यापार गर्नुस् : प्रजिअ पौडेल

दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले व्यावसायीलाई ढुक्क भएर व्यापार गर्ने आग्रह गरेका छन् ।
भरखरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी पौडेल र दाङ जिल्ला उद्योग वाणिज्य संघका विच भएको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन ।

‘ढुक्क भएर व्यावसाय गर्नुस स्थानिय प्रशासनले शान्ति सुरक्षाको व्यवस्था मिलाउ छ’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने । कुनै समस्या भए जानकारी गराउन समेत उनले आग्रह गरे । ‘तपाइहरुको सुख दुखमा म संगै छु ’ उनले भने । सबैले सरकारको ऐन, नियम पालना गरेर अगाडि वढनु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । देशको समृद्धीका सबै मिलेर अगाडि वढन आवस्यक रहेको उनले बताए । ‘देशको आर्थिक विकासको लागि निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढन आवस्यक छ ’ उनले भने । परिचयात्मक कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघले जिल्लामा व्गदै आएका कार्यका बारेमा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी गराएका थिए । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहभागिला धन्यावाद ज्ञापन सदस्य एकनारायण पौडेलले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।