२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

म माओवादी केन्द्र मै छु : वडाअध्यक्ष बस्नेत

शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गिरीराज बस्नेत आफू नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रमै रहेको बताएका छन् ।
वडा अध्यक्ष बस्नेतले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) को गाउँ कमिटि सदस्य रहदै नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को गाउँ कमिटि सदस्य रहदै आएको र पार्टि विभाजित हुदा केपी समूहको विभिन्न जिम्मेवारीमा रहेको भनि विभिन्न सामाजिक सञ्जालका समाचार आएको प्रति मेरो कुनै सहमति नभएको सम्पूर्ण पार्टि पंती र आम मतदातामा जानकारी गराउँदछु’ ।
‘साथै हाल जुन पार्टिबाट वडा अध्यक्षमा निर्वाचित भए त्यही पार्टि नेपाल कम्युनिष्ट पार्टि माओवादीमा नै रहेको सबैमा जानकारी गराउँद छु’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।