२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

तुलसीपुरमा मोटरसाइकल एक आपसमा ठोकिदा एक जना घाइते

दाङको तुलसीपुरमा मोटरसाइकल एक आपसमा ठोकिदा एक जना घाइते भएका छन् ।

तुलसीपुरदेखि कपुरकोट तर्फ जादै गरेको रा ४ प २८९३ को मोटरसाइकल विपरीत दिशा तर्फबाट आउदै गरेको नम्बर नखुलेको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका ४ जलकुण्डीमा मोटरसाइकल एक आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ शिवनगर टोल निवासी ५२ वर्षिय श्याम केसी रहेका छन् । घाइते केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पतालले जनाएको छ ।