२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

देउखुरीमा विधुतको तार सट भई आगलागी हुँदा ६ वटा घर जलेर नष्ट

दाङको देउखुरीमा विधुतको सट भई आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ६ को ढिकपुरमा आज सोमबार विहान १० बजेतिर विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।
आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।
लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे थियो ।