२०८० साउन १० गते बुधवार
२०८० साउन १० गते बुधवार

कृषकहरुलाई ब्यवसायीक खेति तालिम

कृषकहरुलाई ब्यवसायीक खेति तर्फ आकर्षित गर्ने उदेश्यका साथ राप्ती गाउँपालिकामा तालिम सुरु गरिएको छ ।
राप्ती गाउँपालिकाको वडा नं ६ र ७ का कृषक समुहलाई एकबद्ध गरि ब्यवसायीक खेति तर्फ आकर्षित गर्दै आय आर्जनमा बृद्धि गर्न तालिमको सुरुवात गरिएको हो ।
मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम अन्तरगत कृषक लक्षित कार्यक्रम अनुसार पहिलो चरणमा १ सय जना कृषकलाई ब्यवसायीक कृषक बनाउन तालिम दिईएको छ ।
राप्ती गाउँपालिका कृषि प्रसार शाखा संयोजक महेश अधिकारीको अध्यक्षता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, वडा सदस्य भिमलाल चौधरी, टिका बस्नेतको विशिष्ट आथित्यतामा तालिमको उद्घाटन गरिएको हो ।
वडा नं ६ र ७ का २५ जनाको ४ वटा समुहलाई दुई दिनका दरले ८ दिन तालिम दिईने कृषि अधिकृत अनिल अधिकारीले जानकारी दिनु भएको छ ।