२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

दाङमा शान्ति समाजको विरोध प्रदर्शन : ‘बर्मामा सैनिक शासन चाहिदैँन मान्छे मार्न पाइदैँन’

बर्मामा सैनिक शासन चाहिदैँन मान्छे मार्न पाइदैँन भन्दै दाङमा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ ।
म्यानमार बर्मा०मा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमन विरुद्ध, राजनितिक बन्दिको विना सर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालिको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले आज सोमबार तुलसीपुरको बिपिचैकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा म्यानमार स् सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय समावेशी सचिव निर्मल नेपाली, डिल्लीराज धितालले म्यान्मारमा राजनीतिक अधिकारको सुनिश्चितताको माग गर्नु भयो । प्रर्दशनमा कानुन ब्यबसायी, पत्रकार, नागरिक समाज लगायत दुई दर्जन बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
यसैगरी शान्ति समाज केन्द्रिय कार्यसमितिले म्यान्मार राजदूतबाँस अगाडि समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल लगायतले प्रदर्शन गर्नु भएको थियोे । त्यस्तै चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र संखुवासभामा शान्ति समाजका शाखाहरुले बर्मामा भइरहेको हत्या र दमनको विरोध गर्दै लोकतन्त्र वहालीका लागि आग्रहसहित प्रदर्शन गरेका छन् ।