२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

हापुरे उद्योग वाणिज्य संघको अध्यक्षमा टिकाराम खत्री चयन

 

हापुरे उद्योग वाणिज्य संघको अध्यक्षमा टिकाराम खत्री चयन भएका छन् । उपाध्यक्षमा हुकुम वहादुर वली, अर्को उपाध्यक्षमा गोपिलाल भण्डारी, सचिवमा मोहन बुढा क्षेत्री, कोषाध्यक्ष खिम वहादुर बुढाथोकी, सह–सचिव चन्द्रकान्त पाण्डे चयन भएका छन् ।
यस्तै सदस्यहरुमा टोप वहादुर रोका, सबियाँ मियाँ, सावित्रा वली, हिमाल विश्वकर्मा, रुद्रमणि न्यौपाने र टोप वहादुर चौधरी रहेका छन् । अन्य सदस्य पछि मनोनित गरिने बताइएको छ ।