२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

तुलसीपुरको वनहरीमा पानीमा डुबेर एक युवतीको मृत्यु

सांकेतिक तस्वीर ।

तुलसीपुरको वनहरीमा पानीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी यम बहादुर बोहराकी १७ बर्षकी छोरी सृजना बोहरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आज बिहान घर नजिकै रहेको घट्टे कुलामा नुहाउने क्रममा चिप्लीएर खस्दा सृजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि घर परिवारलाई खबर गरेका थिए । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ११ बजे मृत्यु भएको थियो ।