२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

सामुदायिक रेडियो आम नागरिकको अपेक्षा अनुरुप अगाडी वढछ् : अध्यक्ष गिरी

सामुदायीक रेडियो प्रसारक संघ अकोरावका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो आम नागरिकको अपेक्षा अनुरुप अगाडी वढने वताउनुभएको छ ।

रेडियो तुलसिपुरले आज मंगलवार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष गिरीले सामाज रुपान्तरणमा सामुदायीक रेडियोले खेलेको भुमिका अहम रहेको स्मरण गर्दै सञ्चार माध्यममा लोकप्रिय वनेको रेडियोे आवाजविहिनहरुको आवाज वन्न सफल भएकोमा जोड दिनुभयो ।
रेडियो तुलसिपुरका स्टेसन म्यानेजर समेत रहेका गिरीले सामुदायिक रेडियोमा नयाँ नेतृत्व आएसंगै विभिन्न चुनौति भए पनि ति सवैलाई मिलाएर अगाडि वढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार कविर रानाले पछिल्लो समय विभिन्न खालका प्रविधि भित्रिए संगै रेडियोहरु पनि अव थप प्रविधिमैत्रि वन्नुपर्नेमा जोड दिनुभयो । रानाले भन्नुभयो यसै लाई मध्येनजर गर्दै जतिसक्यो खोजमुलक विषयमा भएका रिपोटिङ लाई प्रविधि संग जोडन सञ्चारकर्मिलाई आग्रह गर्नुभयो ।

यस्तै रेडियो तुलसिपुरका समाचार सह सम्पादक शर्मिला डिसीले हरेक तहमा महिलाको पहूँच अभिवृद्धि गर्न आवश्यक रहेको वताउदै सामुदायिक रेडियो महिलामैत्रि छन छैनन यसतर्फ विषेश ध्यान दिन नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो ।
रेडियो तुलसिपुर सञ्चालक समितीका वरिष्ठ सदस्य पूर्ण भण्डारीको अध्यक्षता एवं नेपाल प्रेस युनियनका सल्लाहकार तथा वरिष्ठ पत्रकार कविर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य जनक प्रसाद खराल र सहजिकरण महाँसचिव महेन्द्र लामिछानेले गर्नुभएको थियो ।