२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

व्यवसाय दर्ता, राजस्व सङकलन तथा सचेतना सम्वन्धमा छलफल

 

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसाय दर्ता, राजस्व सङकलन तथा सचेतना सम्वन्धमा सरोकारवाला संग छलफल गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा व्यवसायीहरु रहेको बताए । सबै व्यवासायीहरुलाई दर्ता गरेर सञ्चालन गर्नु पर्ने बताए । सबैलाइ करको दायरामा ल्याउन सकेमा उप महानगरपालिकाले लिएको लक्ष्य पुरा हुने बताए । जसले गर्दा स्थानिय विकासमा समेत सहयोग पुग्ने वडा अध्यक्ष डाँगीले बताए । यसका लागि स्थानिय सरकारले आफनो तर्फ वाट सहयोग रहने उनको भनाइ रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका निमित प्रमुख उमबहादुर वली ५ लाख सम्मको लगानीमा स्थापना हुने उद्योग तथा व्यवसायीहरु स्थानिय तहमा दर्ता गर्ने सकिने उनले बताए । यसले व्यवसायी तथा उद्योगीहरुलाइ सहजता हुने उनको भनाइ रहेको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमराज वञ्जाडेले व्यवासायीहरुलाई सचेतना दिएर क्षमताको विकास गदै अगाडि वढनु पर्ने बताए । यसका लागि स्थानिय सरकार तथा उद्योग वाणिज्य संघ विच सहकार्य गरेर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ ।।
दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसाय दर्ता प्रक्रिया सहज वनाउनु पर्ने बताए । उद्योग स्थापना गरि उत्पादन बृद्धिमा लाग्नु पर्ने बताए । यसकालागि राज्यले वातावरण सृजना गर्नु पर्ने बताए ।
घोराही उप महानगरपालिका राजस्व व्यवस्थापन शाखाका प्रमुख कृष्ण के सीले घोराही उप महानगरपालिका ऐनले गरेको व्यवस्था अनुसार अगाडि वढने बताए ।
घोराही उप महनगरपालिका वडा नं १६ का वडा सचिव प्रेम केसीले वजार व्यवस्थापन गर्ने उद्योग वाणिज्य संघ र उप महानगरपालिका सहकार्य गरेर अगाडि वढनु पर्ने बताए ।
वडा नं ५ का वडा सचिव लक्ष्मण अधिकारीले स्थानिय स्तर सम्म उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्न आवस्यक रहेको बताए । यसका लागि उद्योग वाणिज्य संघ र उप महानगरपालिका विच सहकार्य गरेर अगाडि वढनु पर्ने बताए । वडा नं १४ का वडा सचिव इश्वर पाण्डेले आफुहरु नागरिकलाई सहज सेवा प्रदान गर्न लागि परेको बताए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष अनिल आचार्यको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।