२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

रोल्पामा धारिलो हतियारको प्रयोगबाट एक जनाको हत्या

 

सांकेतिक तस्वीर ।

रोल्पामा गएराति धारिलो हतियारको प्रयोगबाट एक जनाको हत्या भएको छ ।

परिवर्तन गाउँपालिका – ६ चावाङ का ३० वर्षका विरेन्द्रप्रकाश गिरीको अपरिचित समूहले हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार साँझ ७ बजेतिर हाम्जा खोला नजिकै धारिलो हतियार प्रयोग गरी हत्या भएको र त्यस समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ