२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

सप्तरीमा आगलागी हुँदा ४ घर जलेर नष्ट

 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका – ५ मा आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् ।

आगोले पोलेर एक जना गम्भीर घाइते भएका छन् । सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७५ लाखभन्दा धेरैको धनमाल जलेर नष्ट भएको वडाअध्यक्ष राजेन्द्र साहले बताउनुभयो ।

उहाँकाअनुसार हरिकिशुन खङ्गको घरबाट आगो सुरु भएको हो । आगोमा परेर गम्भीर घाइते भएका हरिकिशुनको उपचारका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल पठाइएको छ ।