२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

घोराहीमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्ब १४ झिगौरामा छड र सिमेन्ट बोकेको रा १ त १०९४ नं. ट्याक्टर विहान साढे १० बजे अनियन्त्रित भएर दुर्घटना भएका हो ।

घाईते हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १७ का १८ बर्षीय शुशिल चौधरी र घोराही १६ का २४ बर्षीय जित बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाईते मध्ये शुशिलको अवस्था गम्भीर रहेको छ भने जितबहादुर अवस्था सामान्य रहेको रिजालले बताए । घाईतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।