२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

आर्मी अफिसर्स क्लबमा आगलागी

नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ।

क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। उनका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ।

आगलागीबाट खासै क्षति नभएको उनले बताए।