२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन सरकारसंग व्यवसायीको माग

यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाएर आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।