कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ । भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेका ४१ वर्षीय रविन्द्र महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।
उनले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा समितिको लेटर प्याड कीर्ते गरेको प्रहरीले जनाएको छ । निर्माण नै सुरु नगरेको बहुतल्ले अस्पताल भवनलाई ४३ करोड ३७ लाख ५५ हजार ९ सय रुपैयाँमा निर्माण सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको भनी कम्पनीले प्रमाणित गरेको नक्कली कागजात महर्जनले पेस गरेका थिए ।