२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दंगिशरण ५ मा वडाअध्यक्ष कप प्रतियोगिता सुरु

दंगिशरण गाउँपालिका वडा नं. ५ कुर्रीमा तेस्रो वडाअध्यक्ष कप प्रतियोगिता आज देखि सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुलनारा साथ आज ५ गते देखि ७ गते सम्म सञ्चालन हुने वडाअध्यक्ष कप प्रतियोगिता एक कार्यक्रम विच उदघाटन गरिएको छ । वडाअध्यक्ष दिपक गौतमको अध्यक्षता एवम् दंगिशरण गाउँपपालिका उपाध्यक्ष पिमा खड्काको प्रमुख आतिथ्यमा उदघाटन गरिएको हो । वडाअध्यक्ष कपमा भलिबल, ब्याडमिन्टन, कुर्सी दौड, चकलेट दौड लगायत प्रतियोगिता हुने बताइएको छ ।
बालापुर जनकृषि सहकारी संस्थाकी अध्यक्ष दिब्यज्योती थापा महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।
सो अवसारमा लक्ष्मी नारायण आधारभूत विद्यालय सलौराले मार्चपास गरेको थियो ।