२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

हापुरे उद्योग वाणिज्य संघका नव नियुक्त पदाधिकारीलाई पद हस्तान्तरण

हापुरे उद्योग वाणिज्य संघका नव नियुक्त पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । गत चैत्र २ गते सर्वसहमतिबाट टिका राम खत्रीको अध्यक्षता नयाँ कार्य समिति चयन भएको थियो । अध्यक्ष खत्री र  सचिब मोहनराज बुढा क्षेत्रीलाई वर्तमान अध्यक्ष ज्ञानप्रसाद आइतबारे र वर्तमान सचिव तिलकराम भण्डारीले उद्योग वाणिज्य संघको कागज पत्र दिएर पद हस्तान्तरण गरेका हुन् ।
साथै आज हापुरे उद्योग वाणिज्य संघको बैठक सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीको अध्यक्षतामा बसेको बैठकले प्रत्यक महिनाको पहिलो शनिबार वैठक बस्ने, सबै किसिमका गाडी तथा अटो ब्यवसाय समितिहरुलाई तिनिहरुको ब्यवस्थापन गर्नको लागि एक हप्ता भित्र चिठी लेख्ने लगायत निर्णय भएको छ ।