नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) शान्तिनगर ५ को सम्पर्क कार्यालय काँसीपुरमा स्थापना गरिएको छ ।
आज एक कार्यक्रमका विच सम्पर्क कार्यालय स्थापना गरिएको हो । नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) शान्तिनगर ५ का अध्यक्ष शिवराज चौधरीको अध्यक्षता एवम् गाउँपालिका पार्टि सचिव गोविन्द भण्डारीको प्रमुख आतिथ्यता तथा पार्टि गाउँपालिका सदस्य एवम् शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गिरीराज बस्नेतको विशिष्ट आतिथ्यतामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) पालिका सदस्य नोखिराम खड्का, भुपाल डाँगी, वडा सदस्यहरु दयाराम चौधरी, डिल्ली खड्का, मैमी वि.क., दलित मुक्ति संगठन शान्तिनगरका संयोजक तथा पालिका सदस्य राजेन्द्र परियार, वडा नं. ६ का पार्टि अध्यक्ष तेज वहादुर के.सी., श्री आदर्श आधाभू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल के.सी. लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण वडा सह– इञ्चार्ज फत्ते वहादुर खड्काले गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) ले पार्टि सम्पर्क कार्यालय स्थापना कामलाई तिव्रता दिएको छ । केहि दिन अघि रगैजामा गाउँपालिका कार्यालय स्थापना गरेको छ । यस्तै विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ । शान्तिनगर – ७ को सम्पर्क कार्यालय धनौरामा राखिएको पार्टि अध्यक्ष तथा वडा अध्यक्ष पिमलाल वलीले जानकारी दिए ।