२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

किशोरी बलात्कारको आरोपमा एक पक्राउ

सांकेतिक तस्वीर ।

कैलालीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

किशोरीको पेटमा बच्चासमेत रहेको छ। बलात्कार गरेर किशोरीलाई गर्भवती बनाएको आरोपमा टीकापुर नगरपालिका वडा नम्बर ४ का ६० वर्षिय ठ्याउके दमाइलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि १९ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप छ।
पीडित पक्षको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ फागुन २६ मा पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।