२०८१ बैशाख ११ गते मङ्गलवार
२०८१ बैशाख ११ गते मङ्गलवार

कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनु भएको हो ।

उहाँले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

उहाँको अवस्था जटिल रहेको उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् ।