२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

ट्रयाक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

सांकेतिक तस्वीर ।

पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर छिन्।

प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज दिउँसो ११ः५ बजे मृत्यु भएको हो।

स्कुटरलाई ठक्कर दिने ट्रयाक्टर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान आज १०ः४० बजे भएको हो ।