२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

प्रधानमन्त्री ओलीले मार्ग प्रशस्त गर्नुपर्छ : नेपाली कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ।

आज प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट बोलेका प्रमुख सचेतक बालकृष्ण खाँणले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले अब नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताए।

‘यति ठूलो असंवैधानिक कदम चालेको र अदालतले उक्त कदम बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता र जवाफ दिनुपर्छ कि पर्दैनरु,’ उनले भने, ‘प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न पर्छ कि पर्दैनरु यतातर्फ संसद गम्भीर रहोस्।’

सरकार संविधानकै जगमा उभिएको भन्दै उनले ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार भइरहेको बताए।

‘विधिको शासन मान्छौं भन्ने संविधानबाद मान्छौं भन्ने अनि सरकारले गल्तीको महसुश नगर्नेरु’ उनले भने, ‘सरकारले अग्रगमन गरेको छ कि प्रतिगमन गरेको छ सरकार र प्रधानमन्त्रीले संविधानमाथि हात राखेर सोच्नुस्।’