२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

विभिन्न क्षेत्रमा नवनिर्वाचित पत्रकारहरुलाई प्रेस युनियन दाङको सम्मान

नेपाल प्रेस युनियन दाङ शाखाले विभिन्न क्षेत्रमा नवनिर्वाचित पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेको छ । आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न क्षेत्रका विभिन्न पदमा नवनिर्वाचित पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता भएको कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले आस्थाका आधार भन्दा क्षमताका आधारमा पत्रकारीताको दायित्व पुरा गर्न आग्रह गर्नुभयो । पूर्व मन्त्री समेत रहेका गिरीले पत्रकारीता सामाजिक सेवा भएकाले स्वच्छ रुपमा जनतामाझ सुचना प्रवाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाले देशमा परिवर्तनका लागि पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियन दाङले भर्खरै निर्वाचित सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का केन्द्रिय अध्यक्षमा निर्वाचित अर्जुन गिरी, अकोराबकै केन्द्रिय सदस्यमा निर्वाचित रोशनमान श्रेष्ठ, संगित बस्याल, शुक्रराज भण्डारी, लुम्बिनी प्रदेशको सचिवमा निर्वाचित बालकृष्ण पाण्डे, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शुशिल बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहाकार शरद रेग्मी र दाङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहाकार अम्मराज आचार्यलाई सम्मान गरेको हो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष नारायण खड्काले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गर्नुभएको थियो ।

                                                                                               तस्वीर : शरद रेग्मी