२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

आज देशभर मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली हुनेछ। अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश नं १ को पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर तथा आगामी २ दिन देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।