प्रमुख जिल्ला अधिकारि दिर्घनारायण पौडेलले निजि क्षेत्रको सहयोगले जिल्लाको उत्थान र सुसासन कायम गर्न सहयोग पुग्ने बताउनु भएको छ ।
शनिवार तुलसीपुर उद्योग बाणिज्य सघंले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले सरकार, निजि क्षेत्र र गैरसरकारि क्षेत्रको सामुहिक प्रयासबाट नै सबै क्षेत्रको समग्र बिकास सम्भब रहेको बताउनुभयो । तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले व्यावसायीलाइ ढुक्क भएर व्यापार गर्ने आग्रह गर्नुभयो ।
सो अवसरमा कार्यक्रममा बोल्दै अध्यक्ष चालिसेले तुलसीपुरको हवाई भाडामा एका एक बृद्दि गरि आठ हजार ६ सय बनाएको भन्दै यसमा समन्वय गरिदिनुहुन ध्याणाकर्षण गराउनु भयो। उहाँले बिना उदेश्यका ब्यापारिक मेला महोत्सब क्लब र अन्य सघ सस्थाहरुले लगाउदा ब्यबसायिहरुलाई मर्का पर्ने भन्दै जिल्ला प्रशासन र स्थानिय सरकारले अनुमति दिदा सस्थाको बिधान, सस्थाको बैधता र उदेश्य लाई अध्यण गर्न सुझाब दिनुभयो ।
कार्यक्रममा निबर्तमान अध्यक्ष बिरबहादुर रावत,प्रेस सल्लाहकार शरद रेग्मी, बरिष्ठ उपाध्ययक्ष मिनराज भण्डारी लगायतले जिल्लाको समग्र बस्तु स्थितिका बारेमा जानकारि गराउनु भएको थियो । कार्यक्रमको सहजिकरण महासचिब विनिल केसिले गर्नु भएको थियो ।