२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

हापुरे बजारमा सरसफाई

पश्चिमदाङको हापुरे बजारमा सरसफाई गरिएको छ ।

हापुरे उद्योग वाणिज्य संघको आयोजनामा सरसफाई गरिएको हो । हापुरे बजारमा रहेको फोहोरमैला टेक्टरको प्रयोग गरी सरसफाई गरिएको हो ।

बजारलाई सुन्दर र फोहर रहित बनाउन उद्योग वाणिज्य संघ अगाडि बढेको अध्यक्ष टिकाराम केसीले बताउनुभयो ।