२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

तुलसीपुरमा ६६ बर्षीय बृद्ध मृत फेला

सांकेतिक तस्वीर ।

तुलसीपुरमा एक बृद्ध मृत फेला परेका छन् ।

प्रहरीका अनुसार तुलसीपुर १९ सालडाँडा निवासी ६६ बर्षीय खड्ग वली मृत फेला परेका हुन् । उनी सोहि वडाको शिद्धेफरी सामुदायिक बन अन्तर्गत सल्लेखोलामा मृत अवस्थामा शनिवार विहान फेला परेको प्रहरीले बताएको छ ।

मृतक वली शुक्रवार साँझ सग्रामबाट घर तर्फ जाँदै गर्दा जंगलको भिरबाट लडेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान रहेको बताईएको छ ।

मृतकको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्ट माटमका लागी राखीएको प्रहरीले बताएको छ ।