२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

जिपि फाउन्डेसनले सम्झियो गिरिजा प्रसाद कोइरालालाई

स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिबसको अबसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसनले दाङका विभिन्न स्थानमा कार्यक्रम गरेर गिरिजा प्रसाद कोइरालालाई सम्झना गरेको छ । कार्यक्रमका सहभागीहरुले नेपाली कांगे्रसका स्वर्गिय सभापति गिरीजा प्रसाद कोइरालाले देखाएको बाटो हिडन् पर्ने बताएका छन् । नेपाली कांग्रेसलाई मजबुत र सृद्धृत बनाउन स्वर्गिय कोइरालाको मार्ग दर्शनको अनुसरण गर्नु बताएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसनले बबई र तुलसीपुरमा कार्यक्रम सपन्न गरेको छ ।

तुलसीपुरमा फाउन्डेसनका  नगर समिती अध्यक्ष डिल्ली बहादुर डागिको अध्यक्षता, प्रदेश सांसद तथा नेपाली काङ्ग्रेसका नेता शंकर गिरिको प्रमुख आतिथ्य तथा फाउन्डेसनका प्रदेश सदस्य नेपाली काङ्ग्रेसका नेता केशव आचार्यको बिशिस्ट आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद शंकर गिरिले अहिलेको राजनितिक किचलोवाट पार पाउन गिरिजा प्रसाद कोइरालाले देखाएको सहमति सहकार्य र एकताको निति झनै सान्दर्भिक रहेको बताउनु भयो ।  कार्यक्रमका विशिष्ट अतिथि फाउन्डेसनका प्रदेश सदस्य केशब आचार्यले नेपालको राजनीतिमा गिरिजा प्रसाद कोइरालाको योगदान अबिस्मरणिय रहेको चर्चा गर्नुभयो । कार्यक्रममा फाउन्डेसनका जिल्ला कोषाध्यक्ष देबेन्द्र रिजाल, शान्तिनगर पालिका अध्यक्ष नरेश डागि, फाउन्डेसनका जिल्ला सदस्य चेत बहादुर सेर्पाइलि, जिल्ला बारका पुर्ब अध्यक्ष भागबत रेग्मि, फाउन्डेसनका नगर सदस्य चिरन्जिबि रिजाल, तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डागि लगायतले गिरिजा प्रसाद कोइरालाको निति तथा योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण फाउन्डेसनका नगर सचिब निम बहादुर केसिले गर्नुभएको थियो ।

यस्तै बबई गाउँपालिकामा गिरिजा प्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष प्रकाश बस्नेतको अध्यक्षता एवम् पार्टि सभापति बल वहादुर बुढाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस बबईका नेता कुल बहादुर खत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बबईका नेताहरु टेक वहादुर वली, दुर्गा भण्डारी, बबई चेम्वर अफ कमर्सका अध्यक्ष युवराज कँडेल, युवा नेता झुपु क्षेत्री, अन्तरपार्टि महिला सञ्जाल बबईकी अध्यक्ष दिपा केसी लगायतले बोल्नुभएको थियो ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन बबईका उपाध्यक्ष गादीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव खिमकान्त धितालले गर्नुभएको थियो ।