‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्य लागि खेलकुद’ भन्ने नाराका साथ दंगिशरण गाउँपालिका वडा नं ५ आयोजना तथा ५ नं वडा युवा सञ्जालको व्यवस्थापनमा सञ्चालन भएको तेस्रो वडा अध्यक्ष कप प्रतियोगिता दंगिशरणको कुर्रीमा समापन भएको छ ।
दंगिशरण वडा नं ५का वडा अध्यक्ष दिपक गौतमको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा अपारको प्रमुख आतिथ्यता नेकपा प्रदेश कमिटी सदस्य भिम वहादुर वली र नेकपा जिल्ला सचिवालय सदस्य हिरालाल चौधरी वज्रको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भलिबल प्रतियोगितामा सलौरा टिम प्रथम डाडाचिस टिम द्वितीय र मिरौली टिम तृतीय भएका थिए । भलिबल प्रतियोगिता , पुरुष , महिला रस्साकस्सी प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता,पुरुष , महिला दौड प्रतियोगिता, कुर्सी दौड गोली चम्चा दौड लगायत प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय भएका व्यक्तिहरूलाई मेडल , प्रमाण पत्र र नगद सहित पुरस्कृत गरिएको थियो ।
वडा सदस्य खिम वहादुर थापाको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरी र ५ नं वडा युवा सञ्जालका अध्यक्ष प्रविन योगिले गर्नुभएको थियो।