२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

‘साइको किलर’ फिल्म निर्माण सम्बन्धी छलफल


पछिल्लो समयमा बलात्कारका घटना बढ्दै गइरेहेको छ । यस्तै घटनालाई समेटेर पश्चिदाङमा फिल्म निर्माण हुने भएको छ । सामाजमा घट्दै गइरेहेको बलात्कारका घटनालाई पर्दामा उतार्न लागिएको हो । स्मार्ट फिल्मस् स्टुडियोको ब्यानरमा ‘साइको किलर’ नामक फिल्म निर्माण हुने लागेको छ । फिल्म निर्माण सम्बन्धी छलफल रगैजामा गरिएको छ । फिल्मका निर्देशक अभिशेष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा फिल्म निर्माण सम्बन्धी छलफल गरिएको थियो । पछिल्लो समयमा विभिन्न स्थानमा किशोरीमाथि हुने गरेको बलात्कारका घटना समेटिएर निर्माण हुन लागेको फिल्मले सकारात्मक सन्देश दिने बताइएको छ । फिल्मका निर्देशक अभिशेष मल्लले सचेतनामुलक, सस्पेन्स थ्रिलर फिल्म निर्माण गर्न लागेको बताए ।
अभिशेष मल्लले विभिन्न म्युजिक भिडियो, सर्टमुभी लगायतमा निर्देशक तथा कलाकारको भुमिकार निर्वाह गरिसकेका छन् । फिल्मलाई उत्कृष्ट बनाउने प्रयास रहेको मल्लले बताए ।
सो कार्यक्रममा आदर्श आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष निर्मल केसी, युवा नेता विवेक कवर, युवा व्यवसायी हरी खड्का लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजिकरण छहरा अनलाइनका प्रधान सम्पादक प्रेम पुनले गरेका थिए ।