२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

छुवाछुत उन्मुलन दिवस शान्ति समाजले मनायो

सन्दर्भ २१ मार्चको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले दलितअधिकार मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम आज आईतबार सम्पन्न गरेको छ ।
जातिय छुवाछुत बिरुद्धको दिवसको अवसरमा तुलसीपुरमा जातिय छुवाछुत अन्त्य गरौं । हरेक जाजाती हातेमालो गर्दै संगसगै सहयात्रा गरौं भन्ने नाराका साथ दिवस मनाएको हो । शाखा सभापति तुलसीराम सुनारको सभापतित्व तथा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख अतिथि र शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा दलीत अधिकार र राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी महासन्धीमा भएका ब्यबस्था लगायत बिबिध बिषय समेटी कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नेपालीले दलितले मनाउदै आएको दिवसलाई शान्ति समाजले आयोजना गरि सबैलाई एकठाँउमा राखि गरेको हुदा अत्यन्त प्रभाबकारी भएको बताउनुभयो । आगामी बर्षमा यस किसिमका कार्यक्रम अन्य संघ संस्थाले पनि अनुसर गर्नुपर्नेमा जोड दिनुभयो ।
समाजका बरिष्ठ उपसभापति सुशील बस्नेतले दलीत अधिकार मानव अधिकारलाई शान्ति समाजले बिगतदेखि अभियानमुखि रुपमा कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । जातजाति बिचको अन्तघुलनका लागि सहभोज कार्यक्रम समेत भएका स्मरण गराउदै आगामी दिनमा थप प्रभाबकारी अभियानहरु सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।
त्यसअसवसरमा शान्ति समाजका केन्द्रिय समाबेशी सचिव निर्मल नेपाली,नेपाली काग्रेसका नेता जोगेन्द्र बिश्वकर्मा,नेकपा एमालेकी नेतृ एबम जनप्रतिनिधि युवा करारा,नेकपा माओबादी केन्द्रका नेतृ राधिका परियार,नेकपा एमालेका युवा नेता सर्जन परियार,तुलसीपुुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल,तुलसीपुर चेम्वर अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्ती,महिला अधिकारकर्मी सुष्मा गिरी, अपाङगताको तर्फबाट देवा डाँगी,पत्रकार गोपाल शर्मा भट्टराई लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
शान्ति समाजले तयार पारेको कार्यपत्र शाखा सदस्य यज्ञ बिकले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तब्य कोषाध्यक्ष कोमल डाँगी र कार्यक्रमको सञ्चालन सचिब निर्मला योगीले गर्नुभएको थियो । त्यसअवसरमा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय समाबेशी सचिब निर्मल नेपालीलाई बधाई तथा सम्मान गरिएको थियो । त्यस्तै बिभिन्न क्षेत्रमा निर्वाचित शान्ति समाजका आजिवन सदस्यहरुलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।