दाङमा गुडिरहेको बसबाट खसेर सहचालक घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ प २१७५ नम्बरको बसको ढोकामा उभिएका सहचालक तुलसीपुर – १८ दुधरासमा नजिक गुडिरहेको बसबाट खसेर घाइते भएका हुन् । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बरुगाउँ निवासी २० वर्षीय निरज श्रेष्ठ रहेका छन् ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बस र चालकलालाई बेलझुण्डी प्रहरी चौकीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
बसबाट खस्नुको चालकको कुनै गल्ति नभएको यात्रुहरु बताउँछन् । सुस्त गतिमा हिडेको बसमा एक्कासी सहचालक खसेको प्रत्यक्षदर्शी यात्रुहरु बताएका छन् ।