२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

एमालेसंग कुनै सहकार्य हुदैन् : कांग्रेस नेता साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपा एमालेसंग कुनै सहकार्य नहुने बताउनु भएको छ ।
प्रेस युनियन दाङले लमहीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत साउदले नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जसपा मिलेर वैकल्पिक सरकार बनाउने विकल्प अझै बाँकी रहेको भन्दै तीन पार्टीको विचमा वर्तमान सरकारको बिरुद्धमा गठबन्धन बनाउन सकिने तर एमाले संग सहकार्य गर्न नसकिने धारणा राख्नुभयो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै नेता साउदले अवको निकास नैतिकताको आधारमा ओली प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने बताउनुभयो ।

ओली सरकारले मध्यावधिको निर्वाचन घोषणा गरेको, अदालतमा मुद्दा गएको, फेरि संसद पुर्नस्थापना भएको भन्दै समग्र रुपमा उक्त कार्य अलोकतान्त्रिक कदम भएको बताउनुभयो ।