नेपाली कांग्रेसले शिक्षक सेवा आयोगको पदाधिकारी परिवर्तन गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले दिएको दबाबप्रति ध्यानाकर्षण गराएको छ।
शिक्षामन्त्री श्रेष्ठले पटक(पटक आयोगको पदाधिकारी सिफारिस समितिका अध्यक्ष तथा सदस्यहरूलाई दबाब दिएकोप्रति कांग्रेस सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो।
शिक्षक सेवा आयोग (नवौं संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले कात्तिक २२ गते अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्यमा डा। डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई गरेको थियो।
‘उक्त सिफारिसलाई परिवर्तन गर्न पटक – पटक पदाधिकारी सिफारिस समितिका अध्यक्ष तथा सदस्यहरूलाई दबाब दिएकोमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छु जारी विज्ञप्ति भनिएको छ, ‘उक्त सिफारिस रोक्नु निन्दनीय, खेदजनक र अलोकतान्त्रिक कार्य हो।’
शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निसर्त टुंगोमा पुर्याई राज्यको शिक्षाप्रतिको दायित्व जिम्मेवारीका साथ निर्वाह गर्न नेपाली कांग्रेस शिक्षा विभागले मागसमेत गरेको छ।