२०८२ जेष्ठ ३१ गते शनिवार
२०८२ जेष्ठ ३१ गते शनिवार

हापुरेबजार सरसफाईका लागि पालिकासंग उद्योग वाणिज्य संघको सहयोग माग

हापुरे उद्योग वाणिज्य संघले बजार सरसफाईका लागि बबई गाउँपालिका संग सहयोग मागेको छ । हापुरे बजारलाई सफा र स्वच्छ राख्न सहयोगको माग गरेको हो । हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम केसी र सचिव मोहन बुढा क्षेत्रीको नेतृत्वमा गाउँपालिकामा गएको एक टोलीले गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसंग सहयोग मागेको हो । बजारलाई सरसफाईका लागि आवश्यक सहयोग र सहकार्य गरिदिन आग्रह गरेको उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार घनश्याम घिमिरेले जानकारी दिए । यसैगरी यातायातका साधन बजारमा अव्यवस्थित भएको भन्दै व्यवस्थित पार्किङ गर्नका लागि यातायात व्यवसायीहरुसंग आग्रह गरिएको छ । बजारमा सुन्दरता कायम गर्नका विभिन्न संघ संस्थासंग समन्वय गरी अगाडि बढ्ने उद्योग वाणिज्य संघका अध्यक्ष केसीले बताए ।