हापुरे उद्योग वाणिज्य संघले भोली मंगलबार देखि पसल – पसल गएर दर्ता नविकरण तथा नयाँ सदस्यता लिने भएको छ ।
दर्ता भएकालाई नविकरण गराउने र दर्ता नभएकालाई सदस्यता प्रदान गर्न लागेको उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम केसीले जानकारी दिए ।
सबै व्यवसायीलाई उद्योग वाणिज्य संघमा आवद्ध गराउन आफ्नो टिम लागि पर्ने अध्यक्ष केसीले बताए ।