दाङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएको छन् । तुलसीपुरमा ज्ञान ज्योती बोर्डिङ स्कुल बस दुर्घटना हुँदा विद्यार्थी सम्झनाको केसीको मृत्यु भएको छ । दर्जनौँ विद्याथी घाईते भएका छन् ।
तुलसीपुरमै पिकअफ जिपले मोटरसाइकलाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । तुलसीपुरबाट पश्चिम तिर आँउदै गरेको लु २ च ७७०४ नम्बरको पिकअप जिपले विपरीत दिशा तर्फ जादै गरेको रा ४ प ८००७ नम्वरको मोटरसाइकललाई तुलसीपुर – ८ मा ठक्कर दिँदा घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै यात्रु बहाक बस दुर्घटना हुदा १९ जना घाईते भएका छन् । बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराही आउदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना हुदा १९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।