२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

घोराहीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

बुधवार बिहान पौने ८ बजे गोग्लीबाट घोराही तर्फ जाँदै गरेका साइकल यात्रीलाई गोग्ली सिमेन्ट कम्पनीबाट सिमेन्ट लगेर घोराही तर्फ जाँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिदा उपमहानगरपालिका वडा नम्बर ३ निवासी अन्दाजी वर्ष २८ का कलौ चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साइकल यात्रीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।