२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

बाँकेको खैरीस्थित टाइगर होल्डिङ सेन्टरबाट पाटे बाघ भाग्यो

फाइल तस्वीर ।

बाँके राष्ट्रिय निकुञ्जको बाँकेको खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको पाटे बाघ भागेको छ। बाघ भागेपछि आसपासका क्षेत्रमा त्रास बढेको छ।

मान्छेलाई आक्रमण गरेको आशंकामा बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएर ल्याइएको बाघ भागेपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर शम्शेरगञ्ज क्षेत्रमा त्रास बढेको हो।

उक्त बाघ चैत ५ गते बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको थियो। बाघ फलामको जन्जिर तोडेर भागेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बताए।

बाघ भागेकाले सचेत रहन निकुञ्ज प्रशासनले सबैलाई आग्रह गरेको छ। बर्दियामा पाटे बाघको आक्रमणबाट एक वर्षमा १० जनाको ज्यान गइसकेको छ।